विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मा सागरराज गौतमलाई दिएका दिएका हुन् ।
गौतम ऊर्जा मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए । विभागको महानिर्देशक रहेकी मनदेवी श्रेष्ठ भने मन्त्रालय तानिएकी छिन्। यस्तै, विभागका उपमहानिर्देशक सुनिल पौडेल,गोकर्ण राजपन्तलाई मन्त्रालय सरुवा गरिएको छ । पन्तलाई विद्युत नियमन आयोगको सचिवको जिम्मेवारी दिने तयारी छ । पन्तले पहिले पनि आयोगको सचिवका रुपमा काम गरिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस