Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीको कमाउ धन्दा : मृतकको भत्ता खादै

मंगलबार, २८ फागुन २०७५, २१ : २२ मा प्रकाशित

सरकारी कर्मचारीको कमाउ धन्दा : मृतकको भत्ता खादै

अर्थ संसार, काठमाडौँ– नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षाभत्ता आफ्नै औँठाछाप प्रयोग गरी हिनामिना गरेको अभियोग लागेपछि छानबिन गर्दा उक्त खुलासा भएको हो ।

आयोगले दैलेखका तत्कालीन गाविस सचिव टीकाराम रेग्मीले आर्थिक वर्ष २०६९÷०७० को दोस्रो र तेस्रो किस्ता तथा आव २०७०÷७१ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ताका लागि उपलब्ध भएको रु तीन लाख ४४ हजार ५०० बराबरको रकम आफ्नै हस्ताक्षर गरी दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै सचिव रेग्मी र सहलेखापाल शर्माले कृषि, वन तथा वातावरण शीर्षकमा प्राप्त भएको रु एक लाख ५२ हजार ५७० समेत कामै नगरी हिनामिना गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै महेन्द्र मन्दिर माध्यामिक विद्यालय परेवाडाँडा लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला समन्वय समिति कैलालीमा कार्यरत नायब सुब्बा जगदीशबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली रहेको अभियोग लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको