Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यका बाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ स्थान

शुक्रबार, ०८ चैत्र २०७५, ०८ : ०९ मा प्रकाशित

उपत्यका बाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ स्थान

अर्थ संसार, काठमाडौं – हकप्रद निश्कासनको क्रममा नबिकेको सेयर अक्सन मार्केटमार्फत खरीद गर्ने अवसर अब उपत्यका बाहिरका लगानीकर्ताले पनि पाउने भएका छन् ।

धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा काठमाण्डौ उपत्यका वाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोवारको अवस्था समेतका आधारमा देहाय अनुसारका स्थानहरुवाट समेत आवेदन दिन सक्ने व्यवस्था गर्न मर्चेन्ट वैकरहरुलाई धितोपत्र बोर्डले  परिपत्र गरिएको छ :

प्रदेश  -  आवेदन लिने व्यवस्था गरिएको काठमाण्डौ उपत्यका वाहिरका स्थानहरु
प्रदेश नं १ - विराटनगर र विर्तामोड
प्रदेश नं २ - विरगंज र जनकपुर
प्रदेश नं ३ - हेटौंडा र नारायणगढ
प्रदेश नं ४  (गण्डकी प्रदेश) -  पोखरा र वाग्लुङ
प्रदेश नं ५ - वुटवल, घोराही र नेपालगञ्ज
प्रदेश नं ६ (कर्णाली प्रदेश) - सुर्खेत
प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश) - धनगढी र महेन्द्रनगर

 उल्लेखित व्यवस्थावाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने वोर्डको अपेक्षा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको