अर्थ संसार काभ्रे- सिन्धु विकास बैंक लिमिटेडले काभ्रे जिल्लाको पनौतीबजारमा बैंकको १४ औं शाखा स्थापना गरेको छ । पनौती शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले समुद्घाटन गर्नु भएको थियो ।
बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा पनौतीनगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । बैंकले निकट भविष्यमा नै चितवन तथा मकवानपुर जिल्लाको विभिन्न स्थानहरुमा बैंकको शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।
०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौतीगरी कुल १४ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १६ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस