अर्थ संसार, काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू ६ करोड ५९ लाख ७७ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
गत वर्षको वार्षिक प्रतिवेदन सहित लाभांश पारित गर्न कम्पनीले चैत २३ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि सोमवार बुक क्लोज गर्ने भएकाले लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि आइतवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
धनुषामा आयोजना हुने सभामा सर्वसाधारणको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत तय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस