अर्थ संसार, काठमाडौं– स्पर्श लघुवित्त संस्थाको साधारण शेयर (आइपिओ) आइतबार विक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँड भएको छ ।
विक्री प्रबन्धक सानिमाको अनुसार २५ हजार २०० सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कुल २ लाख ९८ हजार ९३८ जनाले सेयर भरेका थिए । यसमध्ये २ लाख ९८ हजार ३५३ जनाको आवेदन सदर भएको थियो भने बाँकी ५ सय ८५ जनाको आवेदन रद्द भयो ।
यस आधारमा जम्मा ११.८३ प्रतिशत आवेदकले मात्र शेयर हात पारेको देखिन्छ । स्पर्शले २ लाख ६९ हजार ६३० कित्ता सेयर खुला गरेको हो । यसमध्ये सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता छुट्याइएको थियो । कर्मचारीलाई ४ हजार १४८ कित्ता दिइएको छ ।
कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म आइपीओ खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस