अर्थ संसार, काठमाडौं – ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत निश्कासन गरिएको त्रिशुली जलविद्युत कम्पनीको साधारण शेयर (आइपिओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार ४ बजेसम्म ७७ हजार ६१६ जनाले आवेदन ३ करोड ४५ लाख ३६ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । हो । सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको आइपीओ जारी गरेको थियो ।
कसलाई कति कित्ता ?
जनताको जलविद्युत कार्यक्रम अन्तर कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल ३७ लाख ५ हजार कित्ता आइपीओमध्ये १ लाख ११ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३ प्रतिशत हो । यो आइपीओमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ ।
यसरी दिनुहोस् आवेदन
यस कम्पनीले निश्कासन गरेको आइपिओमा लगानी गर्ने इच्छुक लगानीकर्ताले सि–आस्वा मार्फत नजिकको जुनसुकै बैंकबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।
उक्त घोषणा अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १०५ बुझाउनुपर्छ । आयोजना निर्माणको न्यूनतम ७५५ भौतिक प्रगति हासिल भएपछि मात्रै प्रतिबद्धता अनुसारको बाँकी ९०५ रकम दोस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था छ ।
त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।
सरकारले प्रदेश नं २ बाहेक अन्य ६ वटै प्रदेशमा आयोजना निर्माण गर्न प्रस्ताव गरेको छ । ६ वटा प्रदेश गरेर कुल ३ हजार ४७९ मेगावटको १९ अयोजना निर्माण हुनेछन् । सबैभन्दा धेरै प्रदेश १ मा ६ वटा आयोजना बन्ने भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस