अर्थ संसार, काठमाडौं-‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत चैत ७ गतेदेखि माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाले निष्काशन गरेको करिब ३६ करोडको साधारण शेयर (आईपिओ) १७.५५ गुणा बढी ६ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार चैत ११ गते सोमबार अन्तिम दिनसम्म एक लाख ४७ हजार आवेदनबाट ६ अर्ब ३० करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको ६ करोड ३० लाख ५८ हजार ५०० बढी कित्ताको माग आवेदन परेको हो ।
नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाले कम्पनीले चैत ७ गतेदेखि जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता शेयर खुला गरेको हो। निष्काशित शेयरमध्ये ३ प्रतिशत अर्थात एक लाख ११ हजार १५० कित्ता कर्मचारीको लागि छुट्टयाएर बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता शेयरका लागि मात्र सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आईपिओमा यो सर्वसाधारणकाबाट आह्वान गरिएको ३५ लाख ९३ हजार ८५० कित्ताको आधारमा ६ करोड ३० लाख ५८ हजार ५०० बढी कित्ताको आवेदन १७.५५ गुणाले बढी हो ।
सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आईपिओ निष्काशन गरेको त्रिशुली थ्री ‘बी’ को शेयरमा लगानीकर्ताले पहिलो चरणमा दश प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा प्रतिकित्ता १० रुपैयाँमा आवेदन मागेको हो । तर कम्पनीको शेयरमा साढे १७ गुणा आवेदन परेकाले अहिले मागेको दश प्रतिशत रकम बराबरको मात्र शेयर प्राप्त गर्ने अवस्था देखिएको छ ।
बाँकी ९० प्रतिशत रकम आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा माग गर्ने भनिएकोमा हाल मागेका शेयर नै अपुग हुने अवस्थाको सिर्जना भएको छ । आईपिओमा आवेदन गरेका लगानीकर्ताले शेयर निष्काशन नभएसम्म लगानी रकमको वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।
आईपिओमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिने पाउने व्यवस्था थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएर शेयरको शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री ओली शेयरमा लगानी गर्नुभएको यो पहिलोपटक थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस