विक्रीप्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ६५ करोड ५० लाख छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ११ करोड ३४ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
-
पुस मसान्तसम्ममा कम्पनीले रू. ४ अर्ब ७५ करोड निक्षेप संकलन गरेको छ भने रू. ९ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ८१ प्रतिशत बढी हो । लगानी रू. ६० लाख ७९ हजार छ ।
-
कम्पनीले रू. ४४ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. १४ करोड २६ लाख छ । कर्मचारी खर्च ८ प्रतिशत बढेर रू. २९ करोड २२ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५ करोड ५४ लाख छुट्याएको छ ।
-
निष्क्रिय कर्जा ४ दशमलव ५० प्रतिशत, पूँजीकोष लागत ९ दशमलव २९ प्रतिशत र पूँजीकोष पर्याप्तता ७ दशमलव ५९ छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारलाई कृषि, उद्योग र सेवा व्यवसाय सञ्चालनका लागि लघु कर्जा प्रवाह गर्ने कम्पनीको योजना छ ।
-
दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ३४ दशमलव ६४, मूल्य आम्दानी अनुपात १२ दशमलव २७, तरलता अनुपात ७ दशमलव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५८ दशमलव ६५ छ । मंगलवारको शेयरमूल्य रू. ४ सय ५७ कायम भएको छ ।
-
अर्निङ पावर रेशियो : ०.०१ गुणा
-
अर्निङ यिल्ड रेशियो : . ७.५७ ५
-
खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ३ हजार ८ सय ४० कित्ता शेयर खरीद गर्ने र १ हजार ५ सय ८४ कित्ता शेयर विक्री गर्ने माग थियो ।
प्रतिक्रिया दिनुहोस