अर्थ संसार, काठमाडौं–‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको पहिलो आयोजना त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपिओ बिहीबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, सिंहदरबारमा बाँडफाँट भएको छ । सो सेयरका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन ‘अनन्त’ ले पनि आवेदन दिएका थिए ।
आयोजनाको सेयर बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच बाँडफाँट गरिएको थियो । आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो ।
त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको ओइपिओ प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । प्रम ओलीकाे धर्मपत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ ।
यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ ।
कूल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस