अर्थ संसार
काठमाडौं–तपाईंको देव बिकास बैंकमा सेयर लगानी छ ? बैंकले सेयरधनीका लागि ५० प्रतिशत हकप्रद आइतबारदेखि खुल्ला गरेको छ । बैंकको सेयरमा फागुन १५ गतेसम्म निवेदन गर्न सकिने बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटले जनाएको छ ।
सेयरधनीले हकप्रदका लागि एनआइबिएल क्यापिटल, देव बिकास बैंककासबै शाखा, नेपाल इन्भेस्टमेन्ट बैंकको पोखरा, बिराटनगर र बिरगंज शाखा, गुडविल फाईनान्सको नेपालगंज र इटहरी शाखामा आवेदन गर्न सक्नेछन् । बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १२३ प्रतिशतले नाफा बढाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी २७.९५ रुपैयाँ, नेटवर्थ १४२.६२ रुपैयाँ छ । बैंकको खराब कर्जा १.७० प्रतिशतमा समेटिएको छ । बैंकले यस अबधिमा ९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस