अर्थसंसार
काठमाडौं–पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि हुने चुनावी चटारोले देशभरिका पत्रकारहरुलाई छोएको छ । आगामी वैशाख २० र २१ गते हुने महासंघको अधिवेशनले पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्ने छ ।
पत्रकार महासंघ केन्द्रले जनाएअनुसार काठमाडौंमा रहेका जिल्ला, प्रतिष्ठान, एशोसिएट र काठमाडौं बाहिरका ७५ वटै जिल्लाले फागुनभित्र आआफ्नो शाखाको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ ।
पत्रकार महासंघले गरेको निर्णयअनुसार सबै प्रतिष्ठानको चुनाब एकै दिन फागुन २४ गते मंगलबार हुने छ । यस्तै एसोसिएटतर्फका सबै संस्थाहरुको चुनाव फागुन २६ गते हुनेछ । काठमाडौं, भक्तपुर, ललितपुर शाखाको चुनावसमेत यही दिन हुनेछ ।
नयाँ सदस्यताको अन्तिम टुंगो पत्रकार महासंघले माघ १० गते भित्र र नवीकरण तथा स्थानान्तरणको अन्तिम टुंगो माघ १५ गते भित्र गरिसक्ने भएको छ । सबै जिल्लाका पत्रकारहरुले माघ १० गतेभित्रै अन्तिम नामावली पठाउनुपर्ने छ भने सदस्य बनेबापतको शुल्क माघ १५ भित्र केन्द्रमा पठाइसक्नु पर्ने निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस