Like us!
Follow us!
Connect us!
Watch us!

आस्बा प्रणालीमा सर्बसाधारणको उत्साहजनक सहभागिताः धितोपत्र बोर्ड

सोमबार, १० माघ २०७३, १० : १८ मा प्रकाशित

आस्बा प्रणालीमा सर्बसाधारणको उत्साहजनक सहभागिताः धितोपत्र बोर्ड

अर्थ संसार

काठमामाडौं–नेपाल धितोपत्र बोर्डले साधारण सेयर आवेदन गर्दा बैंक खातामै नगद रोक्का राख्ने प्रणाली (आस्बा) मा सर्बसाधारणले उत्साहजनक सहभागिता जनाएको बताएको छ । बोर्डले यही माघ १ देखि आस्बा प्रणाली लागू गरेको थियो । उक्त प्रणाली अन्तर्गत सर्बसाधारणले आइतबारदेखि साधारण सेयर निस्कासन गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयरमा लाइन नबसी आवेदन गर्न पाएका छन् । 

बोर्डले उपत्यकामा ६ वटा र उपत्यकाबाहिर ४ वटा टोली खटाएर आस्बाको निरीक्षण गरेको थियो । ‘बोर्डबाट खटाईएको टोलीबाट प्राप्त प्रारम्भिक जानकारीबमोजिम आस्बा प्रणाली अहिले ऐच्छिक भएपनि उपत्यकाभित्र र बाहिर यस प्रणालीमा लगानीकर्ताहरुले उत्साहप्रद रुपमा सहभागिता जनाईरहेको वुझिएको छ’ बोर्डले विज्ञप्ति जारी गरेर भनेको छ ।

उक्त प्रणाली कार्यान्वयनको क्रममा कुनै समस्या तथा द्विविधा पर्न आए बोर्डलाई जानकारी गराउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोध गरेको छ ।मुलुकभरका २३ बाणिज्य बैंक र ११ वटा विकास बैंकले ७३ जिल्लामा रहेका करिव १ हजार ७ सय शाखा कार्यालयमार्फत धितोपत्रको सार्वजनिक निष्काशनका बेला दरखास्त संकलन गर्न बोर्डबाट अनुमति पाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको