अर्थ संसार, ललितपुर–निर्माणाधीन काठमाडौँ–निजगढ द्रत मार्ग (फास्ट ट्र्याक) का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु चार करोड जम्मा भएको छ ।
खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । अहिलेसम्म झण्डै ४० रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने अरू धेरै कित्ता जग्गा अधिकरणका क्रममा छ ।
उहाँका अनुसार सरकारले अरू व्यक्तिगत जग्गा जस्तै गुठीको जग्गालाई पनि सरकारी नियमानुसार मुआब्जा दिएको हो । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा समितिले तोकेअनुसार नै गुठीमा मुआब्जा आएको हो ।”
खोकनामा रातो मछिन्द्रनाथलगायत धेरै मन्दिर र गुठीका नामका जग्गा रहेको कार्यालयले जनाएको छ । कला र संस्कृतिले भरिएको उक्त स्थानलाई युनिस्को (संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम सांस्कृतिक सङ्गठन) ले विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने सम्भावना भएका ठाउँको सूचीमा राखेको थियो ।
सरकारले दुई वर्षपहिले सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । झण्डै ७६ किलोमिटर दूरीको उक्त आयोजनामा खोकना, बुङ्गमती लगायतका स्थानमा जग्गा विवाद रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस