Like us!
Follow us!
Connect us!
Watch us!

नविल इक्विटी फन्डको अर्को सातादेखि नेप्सेमा कारोबार, सूचिकृत भयो १२ करोड ५० लाख इकाइ

मंगलबार, ११ माघ २०७३, ०९ : ४४ मा प्रकाशित

नविल इक्विटी फन्डको अर्को सातादेखि नेप्सेमा कारोबार, सूचिकृत भयो १२ करोड ५० लाख इकाइ

अर्थ संसार
काठमाडौं–नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ब्यवस्थापन गरेको म्युचुअल फन्ड नविल इक्विटी फन्डको १२ करोड ५० लाख इकाइ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

नविलले १ अर्ब बराबरको इकाइ गत असोजमा सर्बसाधारणका लागि विक्री गर्न निस्कासन गरेको थियो । माग अधिक भएपछि कोषको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोड पुर्याइएको थियो । नेप्सेमा सूचिकृत भएको एक सातापछि सर्बसाधारणले किनबेच गर्न सक्ने छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको