Like us!
Follow us!
Connect us!
Watch us!
बजारमा १ हजार कम्पनी दोस्रो बजारमा लगानी गर्दै

सेयर बजारमा लगानी गर्ने कम्पनीबारे धितोपत्र बोर्डले थाल्यो अध्ययन

मंगलबार, ११ माघ २०७३, १७ : ०० मा प्रकाशित

सेयर बजारमा लगानी गर्ने कम्पनीबारे धितोपत्र बोर्डले थाल्यो अध्ययन

अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डले सेयरको दोस्रो बजारमा लगानी गर्ने कम्पनीहरुबारे अध्ययन थालेको छ । लगानीकर्ताको अनुशासित एवम् विवेकशिल संलग्नताबाट धितोपत्र बजार स्वच्छ, प्रभावकारी र विश्वासिलो हुने भन्दै बजारमा केकस्ता लगानीकर्ताहरुको उपस्थिति एवम् संलग्नता छ भन्ने तथ्य यकिन गर्न अध्ययन थालेको बोर्डले जनाएको छ ।

जारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीमार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीसम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्य आधार बनाइएको बोर्डले जनाएको छ ।

अध्ययन अनुसार बजारमा १ हजार वटा निजी लगानी कम्पनीहरु रहेको देखिएको बोर्डले जनाएको छ । ती मध्ये अधिकांश कम्पनी सेयर बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका हैनन्  । धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएका कम्पनी भने ३ सय (करिब एक तिहाई) को हाराहारीमा मात्र रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । एउटै व्यक्ति कार्यकारी प्रमुखको रुपमा रही २० वटासम्म लगानी कम्पनी स्थापना गरी धितोपत्र कारोबार गरिरहेको पनि देखिएको बोर्डले जनाएको छ ।

बजारमा अन्य संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीको समेत अभाव भएको अवस्थामा यस्ता निजी लगानी कम्पनीहरुलाई व्यवस्थित गर्न आवश्यक देखिएको बोर्डको ठहर छ । प्रारम्भिक अध्ययनबाट लगानी कम्पनीको सन्दर्भमा थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पूँजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डले अपेक्षा गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको