Like us!
Follow us!
Connect us!
Watch us!

फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर भर्नुभयो ? आज अन्तिम दिन, कहाँकहाँ पाइन्छ भर्न ?

बुधबार, १२ माघ २०७३, १३ : २५ मा प्रकाशित

फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर भर्नुभयो ? आज अन्तिम दिन, कहाँकहाँ पाइन्छ भर्न ?

अर्थ संसार

काठमाडौं–तपाईले फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारण सेयरमा आवेदन गर्नु भयो ?फर्वार्डले सर्बसाधारणका लागि जारी गरेको सय रुपैयाँ मूल्य अंकित ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । 

लगानीकर्ताहरुले पहिलो पटक लाइनमा नबसी खातामै रकम रोकेर राख्ने प्रणाली (आस्बा) अन्तर्गत आवेदन गर्न पाउने ब्यवस्था यही कम्पनीबाट लागू भएकाले अहिलेसम्म आवेदन नगर्नेहरुले अझै फारम भर्न भ्याउनु हुन्छ । लाइन बस्न चाहनेहरुका लागि माइक्रोफाइनान्सले निश्चित आवेदन केन्द्रहरु पनि तोकेको छ ।

लाइन बस्न नचाहनेहरुले आस्बा लागू भएका मुलुक भरका ३४ बाणिज्य र विकास बैंकका १ हजार ७ सयभन्दा बढी शाखाबाट आवेदन गर्न सक्ने छन् । ती बैंकका शाखामा आवेदन गर्दा पैसा वा चेक बुझाउनु पर्ने छैन । खातामै रकम रोकेर बैंकले राख्ने छ । सेयर बाँडफाँट भएपछि आवेदकलाई परेको कित्ता बराबरको नगद मात्र खाताबाट काटिएर फर्वार्ड कम्युनिटी माइक्रो फाइनान्सको खातामा जाने छ । 

लाइन बसेरै भर्न चाहनेहरुका लागि माइक्रोफाइनान्सको विक्री प्रबन्धक नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आफनो कार्यालयसहित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको मुख्य कार्यालय सुनसरीको दुहवी तथा यसका शाखा कार्यालयहरु, एभरेष्ट बैंकको  काठमाडौंका न्यूरोड, नयाँ बानेश्वर, ललितपुरको पुल्चोक, भक्तपुर, राजधानीबाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन र बुटवल शाखा कार्यालयमा आवेदन गर्न सकिने ब्यवस्था गरेको छ । यस माइक्रोफाइनान्सको सेयरमा माघ १२ गतेसम्म आवेदन गर्न सकिने छ । 

यस माइक्रोफाइनानसको सेयरमा कम्तिमा ५० कित्ता ९५ हजार रुपैयाँ० र बढीमा ३ हजार कित्ता ९३ लाख रुपैयाँ० सम्म आवेदन गर्न सकिने छ । कम्पनीले निष्काशन गरेको सेयरबाट ३० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ । अरु ३० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको जनाएको छ । यसरी ६ लाख कित्ताबाट बाँकी ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिने छ ।  

सर्बसाधारणलाई सेयर बाँडफाँट गरेपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी २० करोड रुपैयाँ हुने छ । कम्पनीले चालु अर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड १५ लाख रुपैंया खुद नाफा कमाएको विवरण सार्बजनिक गरेको छ । 

5888571ee98b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको