Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा ठगी गर्ने १० वटा म्यानपावर कम्पनी खारेज (सूचिसहित)

मंगलबार, १७ बैशाख २०७६, १७ : ०२ मा प्रकाशित

वैदेशिक रोजगारीमा ठगी गर्ने १० वटा म्यानपावर कम्पनी खारेज (सूचिसहित)

अर्थ संसार, काठमाण्डौ – वैदेशिक रोजगारीमा कामदार पठाउँदा ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागले थप १० वटा म्यानपावर कम्पनीलाई खारेज गरेको छ ।

विभागको सोमबार बसेको बैठकले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस्, प्रिसाइस इन्टरनेशनल प्रालि खारेज गर्ने निणर्य गरेको हो ।

यस्तै, इनोभेटिभ सर्भिसेज प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध ओभरसिज प्रालि, वल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि खारेज गर्ने निर्णय भएको छ । विभागले यसअघि १९७ वटा म्यानपावर खारेज गरेको थियो ।

वैदेशिक रोजगारीमा गएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा सम्बन्धित म्यानपावर खारेज गर्ने गरेको छ । विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् ।

5cc82ffb8a0e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको