एसविआइ बैंकको अगुवाइमा उक्त आयोजनामा बैंकहरुले लगानी गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नौगढ गाड आयोजनामा नेपाल एसबिआई बैंक लिमिटेडले ५५ करोड र प्रभु बैंक लिमिटेडले ४५ करोड लगानी गर्ने छन् ।
अपि पावरका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिए । यस आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिने छ ।
त्यहाँबाट १३२ केभि प्रसारण लाईनमार्फत कैलालीको अत्तरियास्थित सबस्टेशनमा जोडेर देशभर प्रसारण गरिने छ ।अपि पावरले यसअघि १७ महिनाकै छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ भदौदेखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस