महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् । सामान्यतया: प्रधानमन्त्रीले नियुक्त गरेको हान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ ।
उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् । करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी पदाधिकारीमा पर्छिन् । महान्यायाधिवक्ता भण्डारीले उनले आफ्नो कार्यकालभर कयौं विवादास्पद निर्णय गरिन् ।
महान्यायाधिवक्ता भण्डारी जोडिएका कम्तिमा पाँचवटा निर्णयहरू विवादास्पद छन् । आफू र छोरी जोडिएको होप फर्टिलिटीको डिम्ब तस्करी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस