Like us!
Follow us!
Connect us!
Watch us!

केएल टावरमा विग सेल कार्निभल सुरु, सपिङ्मा ५० प्रतिशतसम्म छुट

विहीबार, १३ माघ २०७३, ११ : ०० मा प्रकाशित

केएल टावरमा विग सेल कार्निभल सुरु, सपिङ्मा ५० प्रतिशतसम्म छुट

अर्थ संसार
काठमाडौं–राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट सुरु भएको छ ।तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन् ।

वरले सेवाग्राहीलाई सुपथ मूल्यमा उपभोग्य सामग्री सहज रुपमा उपलब्ध गराउन इभेण्टको आयोजना गरिएको जनाएको छ । कार्निभल फागुन ७ गतेसम्म चल्नेछ । त्यस अवधिमा केएल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने तथा विभिन्न आर्कषक उपहारसमेत जित्न सकिने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, निशुल्क फेस पेन्टिङ, फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुटलगायत विभिन्न सांगितिक कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।

टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोनसमेत संचालनमा रहेका छन् । साढे १० तले टावरमा ५० भन्दाबढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको