अर्थ संसार
काठमाडौं–युनाईटेड फाइनान्सले चालु आर्थिक बर्षको पुस मसान्तसम्म ७६ प्रतिशलले खुद नाफा बढाएको छ । फाइनान्सले यस अबधिमा ५ करोड ७८ लाख रुपैँया खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशन गरेको छ ।
बैंकले अघिल्लो बर्षको यस यसै अवधिमा युनाइटेडले ३ करोड २७ लाख रुपैँया नाफा कमाएको थियो । फाइनानसले यस अवधिमा ५ अर्ब ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५० करोड ५४ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
फाइनान्सले २० प्रतिशत बोनस र २५ प्रतिशत हकप्रद वितरण गरेर चुक्ता पूँजी ६७ करोड ८ लाख रुपैयाँ पुर्याएको छ । जगेडा कोषमा २२ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ ।
यस अबधिमा फाइनान्सले प्रति सेयर आम्दानी १७.२४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३३.४६ रुपैयाँ कायम गरेकोे छ । खराब कर्जा ०.४८ प्रतिशतमा सीमित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस