Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियरले प्रस्ताव गर्यो एफपिओको मूल्य १ हजार ४ रुपैयाँ

विहीबार, १३ माघ २०७३, १३ : ३९ मा प्रकाशित

प्रिमियरले प्रस्ताव गर्यो एफपिओको मूल्य १ हजार ४ रुपैयाँ

अर्थ संसार

काठमाडौं–प्रिमियर इन्स्योरेन्सले १ हजार ४ रुपैयाँ प्रतिकित्तामा फर्दर पब्किल अफरिङ (एफपिओ) जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले तोकेको मूल्य धितोपत्र बोर्डबाट स्वीकृत हुनुपर्छ । प्रिमियरले प्रतिकित्ता १ सय रुपैयाँ मूल्य अंकित ६ लाख ९५ हजार ५ सय ६५ कित्ता सेयर ९ सय ४ रुपैयाँ प्रिमियम थपेर जारी गर्न लागेको हो । 

प्रिमियरले संस्थापक लगानीकर्ताको ५१ प्रतिशत र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न एफपिओ जारी गर्न लागेको हो । 

कम्पनीले यस बर्ष २० प्रतिशत बोसन सेयर जारी गरेको थियो । एफपिओसमेत जारी गरेपछि प्रिमियरको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँभन बढी हुने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको