Like us!
Follow us!
Connect us!
Watch us!

कर नतिर्ने करदाता आन्तरिक राजश्वको फन्दामा

मंगलबार, २४ बैशाख २०७६, १२ : १८ मा प्रकाशित

कर नतिर्ने करदाता आन्तरिक राजश्वको फन्दामा


अर्थ संसार, लहान– आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९ हजार ४२७ राजश्व उठाउन बाँकी छ । यस्तै आयकरमा दर्ता भएका करदाताबाट रु दुई करोड ६७ लाख राजश्व उठन नसकेपछि कानूनी कारवाही अघि बढाइएको यादवले बताउनुभयो ।
 
यसैगरी आन्तरिक राजश्व कार्यालय लहानले चालू आर्थिक वर्ष २०७५\७६ को नौ महीनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू आव २०७५\७६ को चैत मसान्तसम्ममा रु एक अर्ब ५४ करोड १७ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा कार्यालयले सो अवधिमा रु एक अर्ब ६६ करोड ८५ लाख ६ हजार राजश्व सङ्कलन गरेकोे छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको