Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा रोकिएन पहिरो, नेप्से २१.४७ अंकले घट्यो

विहीबार, १३ माघ २०७३, १६ : ०४ मा प्रकाशित

सेयर बजारमा रोकिएन पहिरो, नेप्से २१.४७ अंकले घट्यो


अर्थ संसार
काठमाडौं– केही दिन देखि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन विहीबार पनि ओरालो लागेको छ । यस दिन परिसुचिक नेप्से २१.४७ अंकले घटेको छ ।

१ सय ३७ वटा कम्पनीको ५१ करोड ९२ लाख  ६० हजार रुपैयाँ बराबरको सयेर किनबेच भएको छ । यस दिन सम्पूर्ण समुह रातामै भएका छन् ।

बिहीबार बैंक २३.३५ अंक, होटल ५.५५ अंक, विकास बैंक १८.३१ अंक, हाइड्रोपावर ३.२३ अंक, फाइनान्स ९.०८ अंक, इन्सुरेन्स १०१.५ अंक र अन्य १२.७२ अंकले घटेका छन् ।

घटेको सेयर बजारमा सवै भन्दा बढी कमाउने कम्पनीहरुमा तारागाउँ रिजेन्जी होटेल, एनआइविएल संवृद्धि फण्ड–१, वेष्टर्न डेभलपमेन्ट बैंक छन् भने यता सवै सवै भन्दा बढी गुमाउने कम्पनीहरुमा एनएमबी बैंक, सिनर्जी फाइनान्स रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको