अर्थ संसार
काठमाडौं–नेको इन्स्योरेन्सले आगामी फागुन ३ देखि १ बराबर १ कित्ताका दरले हकप्रद निस्कासन गर्ने भएको छ । कम्पनीले पूँजी बढाउन १ सय रुपैंया अंकित ३२ लाख ४० हजार ४ सय ३६ कित्ता सेयर विक्री गर्न लागेको हो । नेकोको सेयर पुस १३ गतेसम्म किनेका सेयरधनीले हकप्रद सेयर किन्न पाउने छन् ।
चुक्ता पूँजी ३२ करोड ४० लाख ४३ हजार रुपैंया रहेको नेकोले हकप्रद निष्काशन गरेपछि ६४ करोड ८० लाख ८७ हजार दुई सय ६४ रुपैयाँ पूँजी पुर्याउने छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस वितरण गरेको थियो । त्यसलाई पूँजीकरण गर्दा नेकोको चुक्ता पूँजी ७० करोड रुपैंयाभन्दा बढी हुने छ । नाघ्नेछ ।
नेकोको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालय, एनएमबि बैंकका काठमाडौंको कलंंकी, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, काभ्रको बनेपा वीरगन्ज, बुटवल, धनगढी, जनकपुर,पोखरा, चितवन, नेपालगन्ज, बिराटनगर, धरान र झापामा सेयरधनीले हकप्रदको आवेदन गर्न सक्नेछन् । नेकोको हकप्रदका लागि चैत ७ गतेसम्म आवेदन दिन सकिने छ ।
यो पनि हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस