Like us!
Follow us!
Connect us!
Watch us!
मोवाइल उद्योग खोल्न मन्त्री जोशीको आग्रह

ललितपुरमा मोबाइल एक्स्पो शुरु

शुक्रबार, १४ माघ २०७३, १५ : ०९ मा प्रकाशित

ललितपुरमा मोबाइल एक्स्पो शुरु

अर्थ संसार
ललितपुर– लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्स्पो शुरु भएको छ । एक्स्पोमा ग्राहकलाई मोबाइल खरिदमा छुट र उपहार उपलब्ध गराउने आयोजकले जनाएको छ । एक्स्पो माघ १४ देखि २२ गतेसम्म संचालन हुने छ ।

मोबाइल एक्स्पोको उद्घाटन उद्योग मन्त्री नविन्द्रराज जोशीले गरे । मन्त्री जोशीले मोबाइलको उद्योग खोल्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै सरकारले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले निशुल्क भ्रमण गर्न सकिने एक्स्पोमा हरेक मोबाइलको खरिदमा उपहार राखिएको जानकारी दिए ।

सक्कली सामाग्री मात्र पाईने दावि गरिएको ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । एक्स्पोमा ग्राहकहरुले न्युनतम ९ सय रुपैयाँदेखि १ लाख ४० हजारसम्मका फोनहरु किन्न सक्नेछन् ।

ललितपुरको लगनखेलस्थित मोबाइल कम्प्लेक्समा ४० भन्दा बढी मोबाइल शोरुम र आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोन उपलब्ध छन् ।

यो पनि हेर्नुहोस्

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य 

विकास सम्बन्धी सबै प्रकारका डाटा अब एउटै वेबसाइटमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको