Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली थ्री बीका लागि ग्लोबल टेन्टर आह्वान, कसको कति सेयर लगानी हुने ?

शुक्रबार, १४ माघ २०७३, १६ : ०५ मा प्रकाशित

त्रिशुली थ्री बीका लागि ग्लोबल टेन्टर आह्वान, कसको कति सेयर लगानी हुने ?

अर्थ संसार

काठमाडौं– त्रिशुली जलविद्युत् कम्पनीले नुवाकोटमा निर्माण गर्ने ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजनाको निर्माण गर्न ग्लोवल टेन्डर आब्हान गरेको छ ।

निर्माणाधित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट निस्कने पानीलाई सुरुङबाट लगेर वेत्रावतीनजिकको सिरुवापानीस्थित विद्युतगृहबाट विद्युत निकाल्ने गरि आयोजना बन्न लागेको हो । आयोजना निर्माण गर्न पूर्व योग्यतामा छानिएका ७ वटा कम्पनीले ग्लोबल टेन्डरमा भाग लिन पाउने छन् । 

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर लगानीमा इन्जिनियरिङ प्रोक्युमेन्ट कन्ट्रक्सन (इपीसी) मोडलमा बन्न लागेको आयोजनाका लागि मे २ गतेसम्म बोलपत्र दर्ता गराउन सकिने गरी त्रिशुलीले टेन्डर आह्वान गरेको हो ।  

आयोजना निर्माण गर्ने बोलपत्रमा भाग लिन भएको पुर्वयोग्यता छनौटमा ६ वटा चिनियाँ कम्पनीहरु चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, डङफङ इलेक्ट्रिक इन्टरनेश्नल कर्पोरेशन,  जिङसी वाटर एन्ड हाइड्रोपावर कन्ट्रक्सन कम्पनी लिमिटेड, सिचुवना एनहे हाइड्रोलिक एन्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र जिङज्याङ डिजाइन इष्टिच्युट अफ कन्जरभेन्सी एन्ड हाइड्रोलिक पावर र एक भारतीय कम्पनी हिन्दुस्तान कन्ट्रक्सन कम्पनी लिमिटेड छानिएका थिए ।  आयोजनाले मंसिरदेखि निर्माण थालेर त्यसको ३ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष लिएको छ । 

कसको कति सेयर 

आयोजनामा विद्युत् प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, आयोजना प्रभावित रसुवा र नुवाकोट गरी दुवै जिविस र प्रभावित गाविसको ५, रसुवा र नुवाकोटका विभिन्न संस्थाको ५, आयोजना प्रभावित स्थानीय बासिन्दाको १०, लगानीकर्ता कम्पनीहरु विद्युत प्राधिकरण र टेलिकमका कर्मचारीको ५ र , सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी रहने छ । 

आयोजनामा नबिल बैंकको नेतृत्वमा ऋण लगानी जुटाउन नेपाल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोषसँग  छलफल भइरहेको त्रिशुली जलविद्युत कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको