अर्थ संसार
काठमाडौं–यसअघि फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासन गरिसकेको शिखर इन्स्योरेन्सले थप १० प्रतिशत एफपिओ निस्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
शिखरले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता एफपिओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले १ सय रुपैंया अंकित मूल्यमा १५२० रुपैंया प्रिमियम थपेर १६२० रुपैयाँ प्रतिकित्ता मूल्य प्रस्ताव गरेको छ । शिखरको प्रस्ताव बोर्डबाट स्वीकृत हुन बाँकी छ ।
एफपिओ निष्काशनपछि शिखरको चुक्ता पूँजी १३ करोड ६२ लाख ७८ हजार १ सय रुपैंया थपिने छ ।धितोपत्र बोर्डले भने एक पटक एफपिओ जारी गरिसकेका कम्पनीलाई पुन निस्कासन गर्न दिन कडाइ गरेको छ । शिखरको एफपिओ स्वीकृत हुन्छ, हुँदैन हेर्न बाँकी छ ।
यो पनि हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस