अर्थ संसार
ललितपुर– लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड देखिएको छ ।नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको रुची देखिएको छ । यसले कम्प्लेक्समा ग्राहकहरुको चहलपहल निकै बढेको छ । मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित माघ १४ गतेदेखि आयोजित मेला २२ गतेसम्म चल्ने छ ।
मोबाइल एक्स्पोमा कम्प्लेक्सले फोरजी स्मार्टफोनहरु विशेष मूल्यमा बिक्री गरिरहेको छ । नेपाल टेलिकमले फोरजी सुरु गरेकाले त्यही प्रविधिका विभिन्न फोन एक्स्पोमा राखिएको छ । ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्न सोमबारदेखि फोरजीमय एक्स्पोको घोषणा गरिएको आयोजकले जनाएको छ ।
सोमबारदेखि महोत्सवमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु ग्राहकहरुलाई सूपथ मुल्यमा छुटसहित बिक्री गरिने बताइएको छ ।मोबाइल एक्सपोमा ह्वावे जीआर५ मा फोरजी चलाउन सकिन्छ । यो बजारमा आएको सबैभन्दा पछिल्लो स्मार्टफोन भएको कम्पनीको दावी छ । यसमा २ वटा रियर क्यामरा छन् ।
यसैगरी सामसङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु मेलामा छन् । यी बाहेक एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ ।
कम्पनीले मोबाइल मेलाको अवधिभर फोरजीसहितका स्मार्टफोनको खरिदमा भारी छुटका साथै विभिन्न उपहारहरु पनि प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले विशेष गरेर फोरजी फोनको बारेमा अधिक सोधपुछ गरेको कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘अहिले चीनियाँ ब्राण्डका फोनहरु किन्न आउने ग्राहकहरुको संख्या बढेको छ,’ उनले भने, ‘चाइनिज फोन पनि अन्तराष्ट्रिय गुणस्तरका हुँदा ग्राहकहरु यसमा आकर्षित भएका हुन् ।’कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल महोत्सवमा ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीले सोमबारदेखि थप छुट दिने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस