अर्थ संसार
सिन्धली–समृद्ध सिन्धुली अभियानले ऐतिहासिक सिन्धुलीगढीको विजयोत्सवका अबसरमा काठमाडौंबाट सिन्धुलीगढीसम्म भएको राइड टु सिन्धुली साइकल यात्राको भिडियो डकुमेन्ट्री सार्बजनिक गरेको छ ।
सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलामा उक्त भिडियो सार्बजनिक गरिएको हो । डकुमेन्ट्रीमा चर्चित साइकल यात्री पुस्कर शाह र सिन्धुलीढीसम्मको साइकल यात्राको नेतृत्व गरेका देवेन्द्र बस्नेतले गाएको ‘लट्टर खैरे भाँडा’ बोलको गीत समेत समावेश छ ।
भिडियो डकुमेन्ट्रीको निर्देशन राइट टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले गरेका हुन् । गत कात्तिक २३ र २४ गते भएको साइकल यात्रामा ८० जना यात्री सहभागी थिए । उक्त बृत्तचित्र युट्युवमा समेत हेर्न सकिने छ ।
सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको दिनको सम्झनामा कात्तिक २४ गते विजयोत्सव मनाउने गरिएको छ । आगामी बर्ष विजयोत्सवको २ सय ५० औं बर्ष गाँठ भब्य रुपमा मनाइँदै छ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गर्ने योजना बनाएको छ ।
अभियानले आगामी बर्ष २ सय २० जना ब्यवसायिक यात्रीसहितको तीन दिने साइकल यात्रा गर्ने भएको छ । राइड टु सिन्धुली नाम दिइएको उक्त साइकल यात्राको औपचारिक घोषणा आगामी माघ २८ गते काठमाडौमा गरिने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस