अर्थ संसार, काठमाडौं - उर्जाको पहुँच कम भएका प्रदेश नम्बर २ कर्णाली र शुदुरपश्चिम प्रदेशलाई पूर्ण रुपमा अँध्यारोमुक्त प्रदेश घोषणा गरिने भएको छ। 
आगामी वर्ष माथिल्लो तामाकोशी र रसुवागढी लगायतका निर्माणाधीन जलविद्युत आयोजनाका कार्यलाई तीव्रता दिई कम्तिमा १ हजार मेगावार्ट जलविद्युत क्षमता राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। 
बुढी गण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड, तनहु जलविद्युत आयोजनाका लागि ८ अर्ब ९० करोड, तामाकोशी ५ को लागि १ अर्ब ८५ करोड र बुढी गंगा जलविद्युत आयोजनाका लागि २ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ।  
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस