Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सरकारी कर्मचारीको तलव

बुधबार, १५ जेठ २०७६, १८ : २१ मा प्रकाशित

बढ्यो सरकारी कर्मचारीको तलव

अर्थ संसार, काठमाडौं– सरकारले सरकारी कर्मचारीको तलव बृद्धि गरेको छ । आर्थिक वर्ष २०७६\०७७ को बजेटमा कर्मचारीको तलव बृद्धि गरेको हो ।

संसदमा नयाँ बजेट पेश गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङकित समूहमा कर्मचारीको तलव १८ प्रतिशत  र राजपत्र अनाङकित कर्मचारीको तलव २० प्रतिशतले बृद्धि गरिएको छ ।

राजपत्राङकित समूहमा शाख अधिकृत भन्दा माथिका कर्मचारी पर्दछन भने राजपत्र अनाङकितमा नायक सुव्वादेखि तलका सरकारी कर्मचारी पर्दछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको