Like us!
Follow us!
Connect us!
Watch us!
अनुगमन निर्देशिकाबारे छलफल

सुनचाँदी व्यवसायीको राष्ट्रिय सम्मेलन

मंगलबार, १८ माघ २०७३, १० : ४४ मा प्रकाशित

सुनचाँदी व्यवसायीको राष्ट्रिय सम्मेलन

अर्थ संसार
काठमाडौं–मुलुकभरका सुनचाँदी व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सोमवार काठमाडौंमा भएको छ । व्यवसायिक अनुगमन तथा नियमन निर्देशिकामाथिको छलफलमा केन्द्रित रहेको समेलनको उद्घाटन गर्दै आपूर्तीमन्त्री दीपक बोहोराले सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक हुनुपर्ने आवश्यकता औंल्याए ।  

सुनचाँदी संबन्धी निर्देशिका नभएका कारण बजार अनुगमनमा समस्या परेको भन्दै निर्देशिकाले सुन बजारलाई मर्यादित र अनुशासित बनाउने उनले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको संयुक्त आयोजनामा भएको ‘बहुमूल्य गहनाको उत्पादन, कारोबार तथा अनुगमन निर्देशिका मस्यौदा’ बारे सुझाव तयार गर्न आयोजित राष्ट्रिय संमेलनको उद्घाटन गर्दै मन्त्री बोहोराले यस्तो बताएका हुन् ।

मन्त्री बाहोराले उपभोक्ता ऐनको मस्यौदामा सुनमा कालो बजारी गर्ने तथा मिसावट गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको भन्दै यसतर्फ सजग र सचेत रहन व्यवसायीहरुलाई आग्रह गरे । सुनचादी बजार व्यवस्थित र मर्यादित बनाउन निर्देशिका छिट्टै ल्याउने मन्त्रीले बताए ।

उक्त कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बैंकहरुको सुन खरिदको प्रक्रियालाई सहज बनाउने बताए । व्यवसायीहरुले बैंकको सुन खरिद प्रक्रिया झण्झटिलो भन्दै आइरहेका बेला सबै सरोकारवालाहरुसँग छलफल गरी वितरण प्रणाली सहज बनाउने अध्यक्ष शाहको भनाई थियो ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सधैँजसो बजारमा सुनको अभाव हुने भएकाले यथासिघ्र कोटा वृद्धि गर्नुपर्ने बताए । बजारमा सुनको अभाव भएका कारण व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ । मुलुक प्रान्तीय प्रणालीमा गए पनि सुनको वितरण प्रणाली भने केन्द्रीकृत भएकोप्रति असन्तुष्टी व्यक्त गरे ।

कार्यक्रममा रत्न तथा आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदीको मापदण्डसम्वन्धी मस्यौदाको कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता र व्यवसायी कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी मापदण्ड वनाउन आवश्यक रहेको वताए । उनले यसका लागि सरकारसँग छलफल भैरहेको र छिट्टै मापदण्ड वन्ने वातावरण वन्दै गएको कार्यक्रममा जानकारी गराए ।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले मापदण्डसम्वन्धी अधिकांस वुँदामा छलफल भइकेको र उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी यसलाई निर्माण गरिने वताए । त्यस क्रममा नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले तीन बर्षदेखि मापदण्डको बिषय चलिरहेको उल्लेख गर्दै यसलाई सिघ्र टुङग्याउन मन्त्री वोहरासँग आग्रह गरे ।

छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष ज्ञानुराज शाक्य, उपाध्यक्ष प्रेमकुमार सेन्चुरी, उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहनकाजी शाक्य, उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव किरणभाई वज्राचार्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्यलगायतका मुलुकभरका ब्यवसायीले मापदण्डका बिषयमा आआफ्नो भनाई राखेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको