अर्थ संसार, काठमाडौं– रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सर्व साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।
कम्पनीले १०० को दरको ६३,००,००० कित्ता साधारण शेयर सर्वसाधारण निश्कासन गर्न लागेको हो ।
यसका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
आइपिओ निश्कासनको लागि सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस