Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको थप ३० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

मंगलबार, १८ माघ २०७३, १७ : ०८ मा प्रकाशित

तीन कम्पनीको थप ३० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा मंगलबार थप तीन कम्पनीको ३० लाख ३२ हजार कित्ता हकप्रद र बोनस सेयर सूचिकृत भएको छ ।

यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ११ लाख कित्ता, सूर्या लाइफको १२ लाख ५० हजार कित्ता हकप्रद र तिनाउ विकास बैंकको ६ लाख ८२ हजार कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

यसअघि प्राइम बैंक र सिन्धु विकास बैंकको १ करोड ३५ लाख कित्ताभन्दा बढी बोनस सेयर सूचिकृत भएको नेप्सेले जानकारी दिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको