Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली रिभर साइड छुट्टी मनाउने उपयुक्त गन्तब्य [फोटो फिचर ]

बुधबार, १९ माघ २०७३, १६ : ४५ मा प्रकाशित

त्रिशुली रिभर साइड छुट्टी मनाउने उपयुक्त गन्तब्य [फोटो फिचर ]

अर्थसंसार
काठमाडौँ – नेपालको विभिन्न ठाउँमा रिसोर्टहरु खुल्नेक्रम बढेको छ । विशेष गरी युवाहरु यस व्यवशायतर्फ आकर्षित भएको देखिन्छ । तिनै युवामध्ये एक हुन् उद्धव कँडेल ।  काडमाडौँबाट ६५ किलोमिटर टाढा रहेको उनको त्रिशुली रिभर साइड रिसोर्टले यतिखेर राजधानीको कोलाहलबाट केही समय शान्ति खोज्न चाहनेहरुका लागि उपयुक्त गन्तब्य दिएको छ ।

साढे तीन वर्षदेखि पर्यटन विकासको क्षेत्रमा सक्रिय रहेका कँडेलले आफ्नै २ करोड लगानीमा रिसोर्टको स्थापना गरेका हुन् । युरोपबाट होटल व्यवस्थापनमा स्नातक गरेका २७ वर्षे कँडेल र्‍याफ्टिङ् गाइड हुनका साथै कायाकिङसमेत गर्छन् । उनले १५ रोपनी जमिनमा रिसोर्ट संचालन गर्दै आएका छन् ।

त्रिशुलीको किनारामा अवस्थित यो रिसोर्टले र्याफ्टिङ्, कायाकिङ्, हाइकिङ्, क्यानोनिङ्, माउन्टेन बाइकिङ् जस्ता सुविधा प्रदान गर्दै आएको छ । कटेज, टेन्टको सुविधासहित रिसोर्टमा एकै पटक १५० जनालाई सुविधा दिन सकिने जानकारी कँडेले दिए ।

उनको रिसोर्टमा २ दर्जनभन्दा बढी कटेज छन् । यसभित्र स्विमिङ पुल, भलिबल कोर्ट, टेबल टेनिस, व्याटमिन्टन खेल्ने व्यवस्था छ । त्रिशुली नदीको किनारमा रहेको यस रिसोर्टले मनोरम दृश्य अवलोकनका साथै विभिन्न खेलहरुबाट मनोरञ्जन लिन सकिने कँडेलले बताए ।

अंग्रजी नयाँ वर्षलाई पछिल्लो समय नेपाली पुस्ताले पर्वकै रुपमा मनाउन थालेका छन् । विशेषगरी युवापुस्ता नयाँ वर्ष मनाउनका लागि विभिन्न रिसोर्ट, रेष्टुरेन्ट, होटललगायत विभिन्न ठाउँमा जाने गरेको पाइन्छ । उनीहरुका लागि त्रिशुली रिभर साइड रिसोर्ट राम्रो गन्तब्य हुन सक्छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गर्न त्रिशुली रिभर साइड रिसोर्टमा नेपालीहरुको उपस्थिति उल्लेख्य रहेको कँडेलले सुनाए ।तपाई पनि राजधानीबाट नजिकै रहेको त्रिशुली रिभर साइड रिसोर्टमा छुट्टी मनाउन जाने कि ?

5891c766e86d4.jpg 5891c76977b32.jpg 5891c77bd3546.jpg 5891c78710bb2.jpg 5891c78de2f4d.jpg 5891c7920056d.jpg 5891c7988d9b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको