Like us!
Follow us!
Connect us!
Watch us!

बिस्तारै काठमाडौँ उपत्यका बाहिरपनि सिसीटिभी क्यामरा जडान

रबिन दङगाल

शुक्रबार, १३ असार २०७६, १२ : ३७ मा प्रकाशित

बिस्तारै काठमाडौँ उपत्यका बाहिरपनि  सिसीटिभी क्यामरा जडान

अर्थ  संसार , बैतडी- आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । 

बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताए । त्यो सिसीटिभी क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

करीब रु ५  लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध न्यूनीकरणमा टेवा पुग्ने र आपराधिक क्रियाकलाप गरेर भाग्ने समूहलाई सहज पहिचान गरेर कानूनको परिधिभित्र ल्याउन सहज हुने विश्वास गरिएको छ ।  



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको