प्रतिस्पर्धामा सिनियर गर्लतर्फ ओस्तिका कार्कीले टाइटल जितेकी छन् । यस्तै एलिसा थापा फष्ट रनरअप, रोसना ढकाल सेकेन्ड रनरअप र मनिता श्रेष्ठ थर्ड रनरअप भए । सिनियर ब्वाईजतर्फ शैलेस श्रेष्ठ विजेता भए । यस्तै साहिल खड्का फष्ट रनरअप, सुयोग कोइराला सेकेन्ड रनरअप र नविन सुनुवार थर्ड रनरअप भए ।
जुनियर गर्लतर्फ कन्चन ठकुरीले टाइटल जितिन् । यस्तै गरिमा बुर्जा फष्र्ट रनरअप पेमा लामा सेकेन्ड रनरअप र आशिका खड्का थर्ड रनरअप भए । जुनियर ब्वाईजतर्फ संगम श्रेष्ठले अवार्ड तिजे । त्यसपछि जेनिस योञ्जन फष्ट रनरअप, अंकित विक सेकेन्ड रनरअप र आदित्य चौधरी थर्ड रनरअप भए ।
प्रतिस्पर्धीलाई एक महिना वन्द प्रशिक्षण दिइएको आयोजक ग्ल्यामर नेपालका प्रबन्ध निर्देशक अशिम ज्वयल श्रेष्ठले जानकारी दिए । उक्त प्रतिष्प्रर्धामा निर्णायकको भूमिका पत्रकार महासंघ सिन्धुली शाका पूर्वअध्यक्ष लीलानाथ घिमिरे, वरिष्ठ कलाकार तथा निर्माता पुकार भट्टराई, चर्चित मोडल प्रनिसा उदास र वरिष्ठ दृष्य सम्पादक रविन भट्टले गरेका थिए ।
ग्ल्यामरस नेपालकी सञ्चालिका कविता ज्वयल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोडल मन्जिला समाल र बरिष्ठ कोरियो ग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए ।कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुईंटेलले आफ्ना ब्यंग्यात्मक गीत गाएर दर्शकलाई नचाएका थिए ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस