Like us!
Follow us!
Connect us!
Watch us!

जस्मिन पेन्टसको ब्यवसायीसँग भेटघाट

मंगलबार, २५ माघ २०७३, १० : २८ मा प्रकाशित

जस्मिन पेन्टसको ब्यवसायीसँग भेटघाट

अर्थ संसार
काठमाडौं– जस्मिन पेन्ट्सले देशको विभिन्न शहरहरुमा पेन्टर तथा व्यवसायी वीच अन्तरक्रिया तथा भेटघाट सकेपछि काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ।

 जस्मिन पेन्ट्स नेपालका व्राण्ड एम्वेस्डरहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा पुरस्कृत पेन्टर मजदुरलाई सम्मान तथा उपहार प्रदान गरिएको थियो ।  कार्यक्रममा कलाकारहरु मदनकृष्ण र हरिवंशले देशका धेरै उत्पादनहरु गुणस्तरीय बन्दै गइरहेकोले उपभोक्तालाई निर्धक्क भएर प्रयोग गर्न आव्हान गरे ।

   कम्पनीका कन्ट्री म्यानेजर रविन शर्मा भुषालले आफ्ना उत्पादनहरु रोयल ग्लेज, एक्स्टेरियर इमोल्सन र लो भोक पेन्ट होम एण्ड ट्रिमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा देशका विभिन्न शहरहरुमा पेन्टर उपहार योजना भाग–३ अन्र्तगत उपहार विजेता पेन्टर मजदुरहरुलाई मोटरसाइकल, फ्रिज, टिभी, ल्यापटपलगायतका उपहार वितरण गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको