Like us!
Follow us!
Connect us!
Watch us!

एकदिवसीय क्रिकेट विश्वकप २०१९ विजेताले कति पुरस्कार पाउने ? हेर्नुस् हिसाब किताब

मिलन खड्का

शुक्रबार, २७ असार २०७६, ०९ : १३ मा प्रकाशित

एकदिवसीय क्रिकेट विश्वकप २०१९ विजेताले कति पुरस्कार पाउने ? हेर्नुस् हिसाब किताब

अर्थ संसार, काठमाडौं–एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्याण्ड आईतवार लण्डन स्टेडियममा हुने पक्का भईसकेको छ। दुबै टोलीले विश्वकपको दाबेदार मानिएको भारत र अष्ट्रेलियालाई हराएका थिए। आईतबारको जित्ने टिमको यो पहिलो विश्वकप जित हुनेछ ।
 
जित सँगै विजेताले कति पुरस्कार पाउने जिज्ञासा हुन् सक्छ जुन आज हामी  केलाउँदै छौं।


आईतबार  फाइनलमा न्युजिल्यान्ड र इंग्ल्याण्ड को बिजेता टोलीले विश्वकप ट्रफीको साथ ४० लाख अमेरिकन डलर ($४,०००,०००) हात पार्ने छ । तेस्तै फाईनल पुग्ने रनरअप टोलीले  २० लाख अमेरिकन डलर ($२,०००,०००) पाउने छ । 

सेमिफाईनलमा पुगेर हर्ने टिमले ८  लाख अमेरिकन डलर ( $ ८,००,०००) पाउने छन। अर्थात भारत र अष्ट्रेलियाले ८ लाख पाउने छन।  

सेमीफाईनल अगाडि खेलिएको लिग म्याचको खेल  जितको आधारमा प्रतेक जितमा ४० हजार अमेरिकन डलर ($४०,०००) पाउने छन भने लिग खेलेर सेमि फाईनल सम्म पुग्न नसकेका हरेक  टोलीलाई एक लाख अमेरिकन डलर प्रदान गरिने छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको