नेपाल राष्ट्र बैंकले बैंकिङ् क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन गत आर्थिक वर्ष २०८१/८२ मा ११ वटा वाणिज्य बैंकहरूमा विशेष निरीक्षण गरेको छ।
केन्द्रीय बैंकले बैंकहरूको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, कर्जा प्रवाह, सुशासन तथा नियामकीय व्यवस्थाको पालना भए–नभएको मूल्याङ्कन गर्न यो कदम चालेको हो। यस प्रक्रियामा नेपाल बैंकमा सबैभन्दा बढी ५ पटक विशेष निरीक्षण गरिएको छ भने हिमालयन बैंक र प्रभु बैंकमा ३–३ पटक तथा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकमा २–२ पटक निरीक्षण गरिएको छ। यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कृषि विकास बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा १–१ पटक विशेष निरीक्षण गरिएको छ।
वित्तीय स्थायित्व कायम राख्न राष्ट्र बैंकले यस्ता नियमित तथा विशेष निरीक्षणलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस