Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु पौडेल पक्राउ प्रकरणमा एमाले आक्रोशित, ओलीले भने– ‘अपहरण शैलीमा गिरफ्तार गरियो’

अर्थ संसार

सोमबार, ०८ असार २०८३, २१ : ४२ मा प्रकाशित

विष्णु पौडेल पक्राउ प्रकरणमा एमाले आक्रोशित, ओलीले भने– ‘अपहरण शैलीमा गिरफ्तार गरियो’

नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुर्खेतमा पार्टीको सांगठनिक कार्यक्रममा रहेका बेला पक्राउ गरिएको घटनाको कडा विरोध गरेको छ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रेस वक्तव्य जारी गर्दै पौडेललाई ‘गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरिएको’ दाबी गरेका छन्। उनले उक्त घटनालाई वर्तमान सत्तापक्षले विपक्षी दलप्रति देखाएको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोध’ को अर्को उदाहरणको रूपमा व्याख्या गरेका छन्।

वक्तव्यमा ओलीले आफू र एमालेमाथि निरन्तर राजनीतिक षड्यन्त्र तथा प्रहार भइरहेको आरोप लगाएका छन्। “यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहारको निरन्तरता हो,” वक्तव्यमा उल्लेख छ।

ओलीले सरकार सत्ताको उन्मादमा अधिनायकवादी बाटोमा अघि बढिरहेको आरोप लगाउँदै यस्ता कदमको एमालेले डटेर सामना गर्ने चेतावनी दिएका छन्। साथै उनले विपक्षी दलका नेताहरूमाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्।

एमाले अध्यक्ष ओलीले सरकारका गतिविधिलाई लोकतन्त्रविरोधी र स्वेच्छाचारी भन्दै त्यसविरुद्ध एकजुट हुन सम्पूर्ण लोकतान्त्रिक शक्ति, देशभक्त नागरिक तथा न्यायप्रेमी समुदायलाई आह्वान समेत गरेका छन्।

6a395b691d820.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको