Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय केराको रिस नेपाली चियामा: ९५ उद्योग ठप्प, अर्बौँको लगानी र लाखौँको रोजीरोटी जोखिममा

महेन्द्र शाही

सोमबार, ०८ असार २०८३, ११ : ५६ मा प्रकाशित

भारतीय केराको रिस नेपाली चियामा: ९५ उद्योग ठप्प, अर्बौँको लगानी र लाखौँको रोजीरोटी जोखिममा

भारतले नेपालको चियामा गरिरहेको अवरोधले गर्दा नेपालको पूर्वी नेपालको किसान, उद्योगीह र व्यापारिहरु अहिले मारमा परेका छन् । भारतले चियाको गुणस्तरको बहाना झिकेर गरेको अवरोधका कारणले अबौँको लगानी भएको चिया उद्योग अहिले ध्वस्त हुने शंघारमा त पुग्ने होइन भन्ने चिन्ता बढ्न थालेको छ । 

अर्बौँ लगानी गरेर लाखौँलाई रोजगारी दिएको यो क्षेत्रमा भएको अवरोधले चिया उद्योग इतिहासकै कठिक मोडमा पुगेको छ । भारतले गुणस्तर परीक्षणको नाममा वैशाख १८ देखि सुरु गरेको अवरोधले असार १ गतेदेखि नेपालका सबै चिया उद्योगहरूमा ताला लागेको छ । विशेषगरी पूर्वी नेपालका झापा र इलाममा रहेका दर्जनौँ ठूला उद्योगहरू अहिले बन्द भएको अवस्था छ । यो समस्या समाधानका लागि कुटनितिक रुपमा पहल गर्नु पर्ने आवश्यकता देखिन्छ । व्यापारि र किसानले यो समस्या समाधान गर्न सक्ने अवस्था छैन । यस तर्फ सरकारले समयमा नै ध्यान दिनु पर्ने हुन्छ । होइन भने चिया उद्योगमा लगानी गरेका उद्योगी, यहाँबाट रोजिरोटि कायम भएका मजदुर र आम्दानीको स्रोतका रुपमा यो क्षेत्रमा संलग्न किसानहरु प्रभावित हुने देखिन्छ । 

भारतको टि बोर्डले स्याम्पल परीक्षण गर्ने र त्यसमा गुणस्तर कायम भएको नपाएमा चिया नष्ट गर्ने भने पछि भारतीय व्यापारिहरुले चिया खरिद नगरेको नेपाल धिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताले बताए । चियाको गुणस्तरमा कुनै पनि कमी नभए पनि व्यापारिले किनेर लिए पछि गरिने परीक्षणले गर्दा समस्या भएको उनी बताउँछन् । बोर्डरमा नै स्याम्पलिङ गर्ने व्यवस्था गरिएमा यो समस्या समाधान हुने उनको भनाइ छ । 

नेपालमा उत्पादन हुने चियाको ९० प्रतिशत बजार भारत हो । यहाँ उत्पादित भइ खपत गरेर बाँकी रहेको चियामध्ये ९० प्रतिशत भारतमा र १० प्रतिशत अन्य तेस्रो मुलुकमा निर्यात हुने गरेको उनले बताए । भारतका चिया उत्पादकहरुले नेपाली चियासँग प्रतिपस्र्धा गर्न नसकेकाले यो बखडा झिकिएको गुप्ताको भनाइ छ । 

कति दिन स्टोर गर्न सकिन्छ 

चियाँको मुना बढीमा २ दिनसम्म मात्रै स्टोर गर्न सकिन्छ । सकेसम्म २४ घण्टामा स्टोर गर्ने भए पनि बढीमा दुई दिनसम्म मात्रै स्टोर गर्न सकिने वरिष्ठ उपाध्यक्ष गुप्ताले जानकारी दिए । स्टोर गर्न नसकिने भएकाले पनि अप्ठ्यारो परेको उनले बताए । 

सम्भावनाको खोजिको अवसर 

कुनै पनि नकारात्मक कुराको पछि सकारात्मक कुरा पनि हुन्छ । नकारात्मक कुराको पछि लागियो भने यो अवस्था यही रहन सक्छ । त्यसलाइ अवसरका रुपमा हेरियो र त्यहि अनुसार गरियो भने त्यसबाट नयाँ सम्भावनाका ढोकाहरु पनि खुल्छन् । चियाका लागि पनि त्यो सम्भावना हुन सक्छ । अहिले भारतले गरेको अवरोधले व्यवसायी र सरकारले भारत बाहेक अरु देशमा पनि व्यपारको खोजि गरेको खण्डमा हाम्रो लागि यो अर्को अवसरका रुपमा हुन सक्छ । 

यो विषयमा सरकारले नै पहल गर्नु पर्ने गुप्ताको भनाइ छ । व्यवसायीहरुले भन्दा पनि सरकारले नै कुटनीतिक रुपमा पहल गरेको खण्डमा यो अवसरका रुपमा पनि परिणत हुने सम्भावना पनि रहेको उनले बताए । चिया उद्योगमा जमिन बाहेक ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ । यो क्षेत्रमा १ लाख भन्दा बढी श्रमिक रोजगारीमा रहेका छन् । यसरी हेर्दा भारतको अवरोधका कारणले ७० अर्ब रुपैयाँ र १ लाख श्रमिकको रोजिरोटिमा संकटमा पर्ने देखिन्छ । एउटा चिया बगान स्थापना गर्न जग्गाको जोहोदेखि बिरुवा रोपण, सिँचाइ प्रणाली, श्रमशक्ति र प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माणमा ठूलो पुँजी खर्च हुन्छ । उद्योगीहरूका अनुसार, एक हेक्टर मात्रै चिया बगान विकास गर्न पनि लाखौँ रुपैयाँ खर्चिनुपर्छ ।

अहिले तत्काल भारत भन्दा अर्को देशमा चिया निर्यात गर्न सकिने अवस्था नरहेकाले तत्कालको समस्या समाधानका लागि काम गर्नु पर्ने इलामको सूर्योदेश टि प्रोडक्ट एसोसिएसनका महासचिव गोपाल कट्टेको भनाइ छ । ‘भारत बाहेक अन्य तेस्रो मुलुक निर्यात गर्नका लागि राता रात सम्भव छैन । ५–६ महिना लाग्न सक्छ । त्यो पनि सरकारको तर्फबाट गर्नु पर्ने काम हो,’ उनले भने । तत्काल समस्या समाधान भए पनि बजारको विकल्प भने खोज्नु पर्ने उनको भनाइ छ । भारतमा आएको अहिलेको समस्या फेरि पनि आउँ सक्ने भएकाले अहिले समाधान गरेर अर्को विकल्प पनि सोच्नु पर्ने उनको भनाइ छ । 

१० हजार किसान प्रभावित 

इलामको सूर्योदय टि प्रोडक्ट एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार, इलाम र झापाका झण्डै १०० वटा उद्योगहरु बन्द भइसकेको जानकारी दिए ।  उनका अनुसार ती उद्योगहरुमा दैनिक औसत ५ लाख केजी हरियो पत्ती प्रशोधन हुने गरेको थियो । नेपाली चिया भारतमा नआहोस् भन्ने उनीहरुको इन्टेशन देखिएकाले नेपाली चियामा बहाना झिकिएको उनको भनाइ छ । 

करिब २ करोड रुपैयाँ बराबरको हरियो पत्ती बगानमै रहेको उनले बताए । उक्त पत्ती घाँसमा परिणत हुने अवस्था आएको उनको भनाइ छ । स्टोर गरेर राख्ने अवस्था पनि नरहेकाले उद्योगी, व्यापारी र किसान सबै मर्कामा परेको उनी बताउँछन् । उनका अनुसार करिब १० हजार भन्दा बढी किसान अहिले प्रभावित भएका छन् । इलामको सूर्यादय नगरपालिकामा मात्रै ३ हजार भन्दा बढी किसान प्रभावित भएको उनले बताए । अहिलेको तथ्याङ्क हेर्ने हो भने इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग र झापाका ३० वटा सीटीसी गरी कूल ९५ भन्दा बढी उद्योगहरू पूर्ण रूपमा बन्द छन् । कारखानाभित्रै झण्डै १२ लाख किलो तयारी चिया थन्किएको बताए ।  

अहिले भारतमा ल्याप परीक्षणका नाममा अवरोध भएको र त्यसलाई सहज बनाउनका लागि नेपाले कुटनीतिक रुपमा पहल गरिरहेको राष्ट्रिय चिया तथा कफि विका बोर्डका सूचना अधिकारी दिपक खनालले बताए । भारतले ल्याप परीक्षण गर्नु पर्ने र त्यसको रिपोर्ट आउनका लागि समय लाग्ने गरेकाले नेपालका चिया किसान, व्यवसायीहरु मर्कामा परेको उनको भनाइ छ । यो विषयमा बोर्डले सहजिकरण गर्ने काम गरिरहेको र कृषि मन्त्रायल, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट कुटनीतिक रुपमा पहल भइरहेको खनालले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको