Like us!
Follow us!
Connect us!
Watch us!

एम्पायरको गलत निर्णयको विरोध गर्दा आईसीसीले गर्‍यो रोयलाई कारवाही

मिलन खड्का

शनिबार, २८ असार २०७६, ०८ : ५९ मा प्रकाशित

एम्पायरको गलत निर्णयको विरोध गर्दा आईसीसीले गर्‍यो रोयलाई  कारवाही

अर्थ संसार, काठमाडौं– इंग्ल्यान्ड खेलाडी  ज्यासन रोयलाई एम्पायर सँग गलत व्यवहार गरेको भन्दै कारवाही गरेको छ ।

बिहीवार  अष्ट्रेलियाविरुद्धको सेमी फाईनल  खेलमा एम्पायर कुमारा धर्मासेनले रोयलाईलाई गलत निर्णय गर्दै आउट दिएपछि रोयले एम्पायर धर्मासेन सँग सबाल जवाफ गरेका थिए । उनी १९.४ ओभरमा पट कुम्मिन्सको बलमा आउट भएका थिए । 

आईसीसीको नियम उल्लंघन गरेको भन्दै उनलाई म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको छ । त्यस्तै उनलाई दुई डिमेरिट अंक दिइएको छ ।

बिहीबार अष्ट्रेलियासँग खेलिएको सेमी फाईनलमा ओपनर ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गर्दै  ८५ रन बनाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको