Like us!
Follow us!
Connect us!
Watch us!

रनले हारेन न्युजिल्यान्ड , हानिएको बाउण्ड्री जोडेर इंग्ल्याण्ड विश्वकप चैंपियन

मिलन खड्का

सोमबार, ३० असार २०७६, ०८ : २६ मा प्रकाशित

रनले हारेन न्युजिल्यान्ड , हानिएको बाउण्ड्री जोडेर इंग्ल्याण्ड विश्वकप चैंपियन

अर्थ संसार, काठमाडौं–१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक देश इंग्ल्याण्डले जित्न सफल भएको छ । निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको हो । 

२४१ रनको बराबरी 

टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो  । बिहानीपख हल्का वर्षा भएका कारण टसमा केही ढिलाई भएपछि खेल करिब १५ मिनेट ढिलो शुरु भएको छ, तर खेल पूरै ५० ओभरको खेलियो  । न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । 

उसका लागि हेनरी निकोल्सले ५५, टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम  लायम प्लंकेट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४१ रन बनायो । उसका लागि बेन स्टोक्सले २ छक्का र ५ चौकाको मद्दतमा ९८ बलमा ८४ रन बनाए ।

इंग्ल्याण्डका लागि जोस बटलरले ५९, जोनी बरिस्टोले ३६, जोसन रोयले १७, लायम प्लेइङकटले १०, जो रुटले ७, कप्तान इओन मोर्गनले ९ रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका जिमी नीशम, लोकी फर्गुसनले ३–३, म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए ।

सुपर ओभरमाको  बराबरी

५० ओभरमा दुबै टोलीको  २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।  
 
विश्वकपको उपाधिका लागि १६ रनको लक्ष्य बोकेर ब्याटिङ गर्न आएको  न्युजिल्याण्डसलाई अन्तिम अन्तिम बलमा २ रन  चाहियो, एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो । 

बाउण्ड्री गनेर विश्व बिजेता 

सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको