Like us!
Follow us!
Connect us!
Watch us!

जापान र कोरियाबाट ल्याएको आइफोन बाहेक अरुमा फोरजी चल्ने

मंगलबार, २५ माघ २०७३, १८ : ०७ मा प्रकाशित

जापान र कोरियाबाट ल्याएको आइफोन बाहेक अरुमा फोरजी चल्ने


अर्थसंसार
काठमाडौँ – केहि समय अघि नेपाल टेलिकमले संचालनमा ल्याएको  फोरजी आइफोनमा पनि चल्ने भएको छ । मंगलबारदेखि फोरजी आइफोनका फोरजी चल्ने सबै संस्करणहरुमा फोरजी चल्ने टेलिकमले जानकारी दिएको छ । 
 
छिटैनै देशको सबै भेगमा फोरजी उपलब्ध गराउने उद्देश्यसहित गत पुस १७ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेड सिमकार्डमा फोरजी सेवा सुरु गरेको थियो । माघ २२ देखि प्रिपेडमा सुरु गरेको थियो । तर पनि एप्पलले प्राइभेसी सम्झौतापछिमात्र टेलिकमको नेटवर्कलाई आफ्ना उत्पादनमा इनेबल गर्ने बताएपछि फोरजी चलेको थिएन । 
 
यद्यपी यस अघि यो सेवा आइफोन फाइभ संस्करणका फोनहरुमा भने चलेको थियो । एप्पलसँग सम्झौता भएपछि अब आइफोन सिक्स,सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले जानकार दिएको छ ।  
 
जापान र कोरियाबाट ल्याएकामा नचल्ने
 तर जापान र कोरियाको लागि भनेर बनाइएका तथा त्यहाँबाट नेपाल ल्याइएका फोनमा नेपाल टेलिकमको फोरजी चल्ने छैन । 
 
आइफोनले ति देशका टेलिकम सेवा प्रदायकसँग मात्र बन्डलिङ गरेर मात्र फोन पठाउने भएकोले नेपालमा नचल्ने देखिएको टेलिकमका अधिकारीहरुले जानकारी दिएका छन् । 
 
एप्पलले जापान र कोरियाका लागि फोन निर्यात गर्दा त्यहाँका सेवाप्रदायकको नेटवर्कलाईमात्र बन्डल गरेर पठाउने भएको र एप्पलले एक देशको लागि भनेर निर्माण तथा निर्यात गरेको अर्को देशलाई प्रयोग गर्न नदिने भएकोले ति फोनहरुमा  नेपालमा फोरजी नचल्ने बताइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको