अर्थ संसार
काठमाडौं–नेपाल औषधि उत्पादक संघले फागुनमा नेपाल फर्मा एक्स्पोको छैठौं संस्करण गर्ने भएको छ । संघले फागुन २० देखि २२ सम्म काठमाडौंको भृकुटीमण्डपमा मेला गर्न लागेको हो ।
अन्र्तराष्ट्रिय स्तरको यस प्रदर्शनीमा नेपालको औषधि उद्योगको विकास र प्रर्वधनमा सहयोग गर्नुहुने दुई प्रमुख व्यक्तित्वहरुको सम्मान कार्यक्रमको साथै नेपाली औषधी उद्योगको विकासको लागि महत्वपूर्ण योगदान पुर्याउने एसएन रावको स्मृतिमा एशियन एसएन राव पुरस्कार उत्कृष्ट एक फर्माशिष्टलाई प्रदान गरिने छ ।
प्रर्दर्शनीमा सम्बन्धित बिधाको डाक्टर, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित बिधामा अध्ययनरत विद्यार्थी गरि करिब ३० हजारले अवलोकन गर्ने संघको अनुमान छ । विद्यार्थीहरुको लागि नेपाली तथा अन्तराष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापनलाई बुझ्ने अवसर मेलाले दिने छ ।
प्रदर्शनीमा नेपाल र भारतका गरी करिव १ सय वटा विभिन्न औषधि उत्पादनसंग सम्बन्धित उद्योगहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय छपाई गृह र स्वास्थ्य तथा औषधिसंग सम्बन्धित पत्रपत्रिकाको पनि सहभागिता रहनेछ ।
विदेशका फर्मा प्रोसेसिंग, मेशिन, उत्पादन उपकरण प्याकेजिंग मेशिन तथा उपकरण, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरण, गु णस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकहरुलाई एउटै थलोमा प्रदर्शनमा राखिने छन् ।
एक्स्पोमा डाक्टर र विरामीबिच रोगका विषयमा छलफलसमेत गरिने आयोजकले जनाएको छ ।नेपाल करिव ७७ प्रकारका जिवन उपयोगी औषधीमा आत्मनिर्भर छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस