Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल प्राविधिबाट काम शुरु

रबिन दङगाल

विहीबार, ०२ साउन २०७६, १२ : ५५ मा प्रकाशित

डिजिटल प्राविधिबाट काम शुरु

अर्थ संसार, जाजरकोट- कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । 

कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । 

चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले जानकारी दिए ।  

सूचना दर्ताहरु, जिन्सी व्यवस्थापन, सम्पत्ति कर व्यवस्थापन, अनलाइनबाट शुरु गरिएको उनले बताए । यो प्रर्णाली लागू गरेसँगै दर्ता भएको निवेदन तथा चिट्ठीपत्र हराउने झञ्झटबाट मुक्त हुनाका साथै सजिलैसँग रेकर्ड हेर्न सकिने अपेक्षा लिइएको छ । 

सबै कुशे गाउँपालिकाले मोबाइल एप्स तथा फेसबुक पेज, ट्विटर र युट्युब च्यानल यसअघि नै सञ्चालन गरिसकेको सूचना तथा प्रविधि अधिकृत प्रकाश शाहीले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको