Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन र रसुवागढीको आईपीओ सूचीकृत आज, सर्वसाधारणले मंगलवारदेखि कारोबार गर्न सक्ने

अर्थ संसार

सोमबार, २० साउन २०७६, ०७ : ४७ मा प्रकाशित

सान्जेन र रसुवागढीको आईपीओ सूचीकृत आज,  सर्वसाधारणले मंगलवारदेखि कारोबार गर्न सक्ने

अर्थ संसार,  काठमाडौं - वैशाख १९ गते नै सर्वसाधारणलाई  साधारण शेयर (आइपिओ)  बाँडफाँट गरेका सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर सोमवार सूचीकृत हुने भएको छ ।

सोमवार दुवै कम्पनीको शेयर सूचीकरण सम्झौताको कार्यक्रम तय भएको हो । सोमवार दुवै कम्पनीको शेयर सूचीकरण हुने हुँदा सर्वसाधारणहरुले मङ्गलवारदेखि कारोबार गर्न सक्ने जानकारी दिए ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनामा समेटिएका यी दुवै कम्पनीले स्थानीयलाईभन्दा अघि कर्मचारी र सर्वसाधारणलाई शेयर बाँडेका थिए । अन्य जलविद्युत् कम्पनीले कर्मचारी र स्थानीयलाई शेयर बाँडफाँट गरेपछि मात्र सर्वसाधारणलाई जारी गर्ने र सूचीकरण एकैपटक हुँदै आएको थियो । कर्मचारी र स्थानीयले भने सूचीकरण भए पनि लकइन अवधि ३ वर्ष पूरा भएपछि मात्र कारोबार गर्न पाउँने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार स्थानीयको शेयर लकइन अवधि कहिलेदेखिको हुने भन्नेमा स्पष्ट नहुँदा दुवै कम्पनीको शेयर सूचीकरणमा ढिलाई भएको थियो । कर्मचारीहरुको शेयरको हकमा सर्वसाधारणलाई शेयर बाँडफाँट भएको मितिदेखि र स्थानियको हकमा स्थानियलाईनै शेयर बाँडफाँट गरेको मितिदेखि तीन वर्षको अवधि लकइन रहने व्यवस्था गरिएको रसुवागढी कम्पनीका सचिव नरनाथ न्यौपानेले जानकारी दिए । दुई चरणमा कर्मचारीहरुका लागि आईपीओ जारी गरेका दुवै कम्पनीहरुले २०७४ चैत १८ गते कर्मचारीहरुलाई शेयर बाँडफाँट गरेका थिए ।

पहिलो चरणमा कर्मचारीहरुलाई शेयर बाँडफाँट पश्चात दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने योजना कम्पनीहरुको थियो । तर २०७२ सालको भूकम्पले प्रभावित रसुवाका स्थानीयले त्यो समयमा पुनर्निर्माण कार्य गरिरहेको अवस्थामा शेयरमा लगानी गर्न असमर्थ भएको भन्दै निष्कासन प्रक्रिया पछाडि सार्न आग्रह गरेपछि कम्पनीहरुले त्यो व्यवस्था मिलाएका थिए ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेका यी दुवै कम्पनीले पहिलो चरणमा वितरण गरेको २४ प्रतिशत शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक संगठित संस्था ९चिलिमे हाइड्रो, नेपाल विद्युत् प्राधिकरण, रसुवाका स्थानीय निकाय०का कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ प्रतिशत छ ।

सान्जेन र रसुवागढी दुवैका आयोजना रसुवामा निर्माण भइरहेको हो । यी कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत शेयर वितरण गरेको हो भने आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत शेयर वितरण गर्न बाँकी छ ।

रसुवामा सान्जेनले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यस्तै रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत निर्माण भइरहेका छन् । रसुवागढीको निर्माणाधीन आयोजनाको प्रतिमेगावाट लागत रू। १५ करोड १२ लाख २४१ छ भने सान्जेनको दुवै आयोजनाको प्रतिमेगावाट लागत रू। १५ करोड छ ।

यी दुवै कम्पनीले जारी पूँजीको आधारमा संस्थापकतर्फ ५१ प्रतिशत, कर्मचारीमा २४ प्रतिशत, सर्वसाधारणलाई १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत शेयर स्वामित्व कायम गरेका छन् । सान्जेनको जारी पूँजी रू। ३ अर्ब ६५ करोड छ भने रसुवागढीको ६ अर्ब ८४ करोड २१ लाख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको